नियम ३१
निर्धारित राष्ट्रिय निकायको रुपमा कार्य गर्ने
: (१) स्वच्छ विकास संयन्त्र सम्बन्धी परियोजनाबाट प्रमाणित उत्सर्जन न्यूनीकरणको व्यापार सम्बन्धमा मन्त्रालयले निर्धारित राष्ट्रिय निकाय (डेजिग्नेटेड नेशनल अथोरिटी) को रुपमा कार्य गर्नेछ ।

(२) उपनियम (१) बमोजिमको निर्धारित राष्ट्रिय निकायको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) स्वच्छ विकास संयन्त्र सम्बन्धी परियोजनामा निजी क्षेत्र समेतको सहभागिता बढाउने,

(ख)' स्वच्छ बिकास संयन्त्र सम्बन्धी परियोजना तयारीका लागि प्रस्तावकलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने,

(ग) स्वच्छ बिकास संयन्त्र सम्बन्धी क्रियाकलापको व्यवस्थापन, समन्वय र नियमन गर्ने,

(घ) स्वच्छ बिकास संयन्त्र सम्बन्धी सूचना, ज्ञान, सीप र असल अभ्यासको आदान प्रदान गर्ने,

(ङ) स्वच्छ बिकास संयन्त्र सम्बन्धमा सरोकारवालाको क्षमता अभिवृद्धि गर्ने, (च) प्रस्तावकबाट पेश भएका आयोजना अवधारणा पत्रका सम्बन्धमा सहमतिपत्र र आयोजना तर्जुमा _ दस्तावेजका सम्बन्धमा स्वीकृतिपत्र जारी गर्ने,

(छ) स्बच्छ बिकास संयन्त्र सम्बन्धी परियोजनाको अनुगमन तथा मूल्याङ्कन गर्ने,

(ज) स्वच्छ विकास संयन्त्र सम्बन्धी सम्मेलन वा गोष्ठीमा सहभागी हुने,

(झ) स्वच्छ बिकास संयन्त्र सम्बन्धी ज्ञान तथा सूचनाको व्यवस्थापन गर्ने,

(ञज) जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिले निर्धारण गरे बमोजिम अन्य कार्य गर्ने।